दफा ४२
धनादेशसम्बन्धी दायित्वबाट बचाउ
: देहायको काम कुरामा नेपाल सरकारउपर वा हुलाक अड्डाका कुनै कर्मचारी उपर कुनै नालेश, उजूर लाग्न वा कानूनी कारबाही चल्न सक्ने छैन :-
(क) यस परिच्छेद अन्तर्गत बनेका कुनै नियम अन्तर्गत गरेको कुनै काम कुरा, वा
(ख) धनादेश पठाउने व्यक्तिले धनादेशको रकम भुक्तानी पाउने व्यक्तिको नाम वा ठेगाना दिँदा गलत वा अपूरो गरिदिएको कारणले गलत भुक्तानी हुन गएकोमा,
तर धनादेशको रकम भुक्तानी पाउनेव्यक्तिको परिचय थाहा हुन चाहिने पर्याप्त विवरण प्राप्त भएको छ भन्ने विश्वास गर्न सकिने मनासिब माफिकको कारण भई त्यस्तो अपूरो नाम वा ठेगाना स्वीकार गरिएको भए मात्र त्यसरी नाम वा ठेगाना अपूरो गरी दिएको कारणले गलत भुक्तानी हुन गएकोमा नालेश, उजूर वा कानूनी कारबाईबाट सम्बन्धित हुलाक अड्डाको कर्मचारीले छुटकारा पाउनेछ, वा
(ग) हुलाक अड्डाको कर्मचारीको जानाजान जालसाजी वा गफलत नभै अरु साधारण आकस्मिक भुलचुकको कारण कुनै धनादेशको रकम भुक्तानी गर्न इन्कार गरिएको वा ढिलाई भएकोमा, वा
(घ) धनादेश पठाइएको मितिले १ वर्षको अवधि नाघेपछि त्यसको गलत भुक्तानी हुन गएकोमा, वा
(ङ) नेपाल सरकार अधीनको बाहेक अरु कुनै हुलाक अड्डाको कुनै कर्मचारीले नेपाल …………. बाहिर कुनै धनादेशको गलत भुक्तानी गरेको वा ढिलो भुक्तानी गरेकोमा ।